नयाँ सारथी लघुवित्तको सेयरमूल्य समायोजन

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तको १९ प्रतिशत बोनस सेयर वितरणका लागि बुधबार बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बोनसपछिको लघुवित्तको सेयरमूल्य १०७४.१२ रुपैयाँ तोकेको छ । मंगलबार प्रतिकित्ता १२७८.२० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । अन्तिम मूल्यमा बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कायम चुक्ता पूँजी २५ करोड ४९ लाख रुपैयाँको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले वैशाख १० गते शनिबार प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।