पायोनियर मोटोकर्पको नयाँवर्ष अफर: निसान गाडीमा साढे ४ लाख रुपैयाँसम्म छुट

0
Shares

अटोमोबाइल कम्पनी निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्षलाई लक्षित गर्दै छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले निसान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट तथा एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर सहित कुल ४ लाख ५२ हजारको छुट उपलब्ध गराउने भएको हो ।

अफर अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफरसमेत उपलब्ध रहेको पायोनियर मोटोकर्पले जनाएको छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ ।

सो अफर चैत २२ गते मंगलबारदेखि सुरु भई आगामी वैशाख १७ गते ( अप्रिल ३०) सम्म लागू हुने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।