
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाबहिल १ नम्बर नापी टोली बुढानिलकण्ठका सर्भेक्षक र अमिन गरी दुई जना कर्मचारीलाई एक लाख रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
आयोगले एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस रकम सहित नापी कार्यालय चाबहिल बूढानीलण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
जग्गाको हाल साबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको, टंगालबाट खटिई गएको टोलीले पक्राउ परेका दुई जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले उनीहरूलाई ललितपुर महानगरपालिका–५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिइएको बताए । सेवाग्राहीसँग घुस लिइरहेको सूचनाका आधारमा खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको भण्डारीले जानकारी दिए । पक्राउ परेकालाई अख्तियारले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया