नेपाल टेलिकम लिमिटेड (NTC) ले चैत २४ गते बिहीबार (आज) १४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ ।
काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आह्वान गरिएको छ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४० प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चूक्ता पूँजी १५ अर्ब रुपैयाँको २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्न लागेको हो ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि टेलिकमले चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुकक्लोज गरेको छ । बुकक्लोज अनुसार चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त लाभांश पाउनेछन् । प्रस्तावित ४० प्रतिशत लाभांश पाउन चैत १० गते बिहीबारसम्म सेयरधनी भैसकेको हुनुपर्छ ।
टेलिकमले गत आवको नाफबाट पहिलोपटक सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
सम्बन्धीत थप समाचारहरू:-
टेलिकमले ४० प्रतिशत लाभांश बाँड्ने, चैत २४ गते एजिएम आह्वान
टेलिकमको प्रस्तावित बोनस रोकेर पूँजी वृद्धि योजना तत्काल रद्द गर्न माग
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया