नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ठेगाना भएका ३३ वर्षीय बज्र सिंह लामालाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ चैत १ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट मंगलबार पक्राउ गरेको हो ।
लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भन्दै पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया