कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग

0
Shares

नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।

महासङ्घले पत्रकार सम्मेलन गरी कृषि तथा पशुपक्षी पालन उद्यमस्थलमा आवश्यकताअनुसार विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्रालाई खोरेत र पिपीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहनभक्ता, दुर्घटना बीमा र सञ्चयकोषको व्यवस्था गरिनुपर्ने माग गरेको हो ।

महासङ्घले बाख्रापालक किसानलाई राज्यले बेवास्ता गरेको भन्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा आफूहरूले अघि सारेका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कारण कृषिलाई बुझ्ने चिन्तनमा समस्या भएको बताए ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले किसानले गरेको दुःखका साथै उत्पादन गरेको वस्तुको मूल्य नपाउनु दुःखद् भएको टिप्पणी गरे । उनका अनुसार किसानले लागत मूल्यको ३० प्रतिशत मात्र पाएका छन् । विचौलियाले होटलमा ल्याएर एक केजी मासुको प्लेटिङ गरेर पाँच हजार बनाउने गरेको उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।