सगरमाथा इन्स्योरेन्सको बोनस पाउन शेयरधनी आफैंले कर तिर्नुपर्ने

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनीका शेयरधनीले कर तिरेपछि मात्र अघिल्लो आर्थिक वर्षको बोनस पाउने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै शेयरधनीलाई बोनसको कर तिर्न आग्रह गरेको छ।

कम्पनीले बोनसमा लाग्ने लाभकरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीबाटै कर रकम संकलन गर्न लागेको हो।

लाभांश पाउन योग्य शेयरधनीले लाभकर वापतको रकम ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०१०१०००५२६४ मा जम्मा गर्न इन्स्योरेन्सले आग्रह गरेको छ । कम्पनीले असोज २ गतेसम्म लाभकर बापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको बोनस असोज ८ गते उनीहरुकै डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ।

कम्पनीले २०७६ असार १३ गते २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेर चुक्ता पूँजीको ८६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । इन्स्योरेन्सका अनुसार २०७६ जेठ ३१ गतेसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको बोनस पाउनेछन्।