सुनचाँदीको मूल्य बुधबार नेपाली बजारमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्यमा २० रुपैयाँले वृद्धि भएको हो ।
बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको १ लाख ९०० रुपैयाँ र तेजावी सुन १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबारको तुलनामा बुधबार चाँदी भाउ पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको कारोबार मूल्य आज प्रतितोला १ हजार ४०० रुपैयाँ कायम गरिएको छ । मंगलबार चाँदी तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबारको तुलनामा मंगलबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९६९ दशमलव ६३ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ४९ ललरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया