एनआईबिएल एस क्यापिटलले २ हजारमा आजीवन डिम्याट खाता मेरो शेयर सुविधा दिने


नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

क्यापिटलले २ हजार रुपैयाँमा जीवनभरलाई डिम्याट र मेरोसेयर नवीकरण गर्ने अफर सुरु गरेको हो ।

याे याेजना नयाँ तथा पुराना  हितग्राही खाता भएका दुबै ग्राहकहरूलाई लागू हुनेछ ।

क्यापिटलले २०७८ बैशाख १ देखि २०७८ असार १७ गतेसम्मका लागि यस्तो योजना ल्याएको हो ।

यसैगरी लगानी व्यवस्थापन सेवामा आवद्द भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट पाउने क्यापिटलले जनाएको छ ।

व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले २ हजार ७९ रुपैयाँ बराबरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका पाउनेछन् ।

थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।