नयाँ वर्षको दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ

0
Shares


नयाँ वर्ष अर्थात २०७९ बैशाख महिनाको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्यमा १० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार आज अर्थात बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको १ लाख १ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबारको तुलनाा बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ कायम गरिएको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार पनि सुन तोलामा ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७४  र चाँदी प्रतिऔंस २५ दशमलव ७६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ बैशाख २०७९, बिहिबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।