प्रुडेन्सियल इन्स्योरेन्सको वैशाख ११ गतेको साधारण सभाबाट बोनस पारित हुँदै

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को वैशाख ११ गते सम्पन्न हुने २० औं साधारण सभाबाट सेयरधनीलाई गत आव २०७७।७८बाट प्रस्तावितत लाभांश अनुमोदन हुँदैछ ।

कम्पनीले आव २०७७/७८ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्ने भएको छ ।

यस्तै सभामा आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान हिसाब, २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य प्रस्तावहरु पनि पेश हुनेछ ।

प्रुडेन्सियलले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गते बुकक्लोज गरिसकेको छ । बुकक्लोज अनुसार चैत २३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीको २० औं साधारण सभा वैशाख ११ गते दिउँसो १२ः३० बजेबाट दियालो लर्डस प्लाजा, वीरगञ्जमा आह्वान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  ०८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।