नयाँ सारथी लघुवित्तको साधारण सभा आह्वान, लाभांश र एफपीओ प्रस्ताव पारित हुँदै

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश अनुमोदन र थप नयाँ सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव सहित १३ औं साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले वैशाख १० गते साधारण सभा दिउँसो ३ बज प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा सभा आह्वान गरिएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७।७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव अनुमोदन हुनेछ ।

यसैगरी आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान, आव २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव पेश हुनेछ ।

साथै, सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ जसका लागि २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ बिक्री अनुमति माग गरेको हो ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत २३ गतेबाट वैशाख १० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेको छ । तसर्थ चैत २२ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।