
नेपाली बजारमा छापावाला आइतबार सुन प्रतितोला १ लाख २ हजारमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको भाउमा नै आइतबार पनि कारोबार भएको हो । शुक्रबार भने बिहीबारको तुलनामा सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासंघका अनुसार आजका लागि छापावाल सुन तोलाको १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार बैशाख २ गते शुक्रबार पनि सुनचाँदी दुबै यहि भाउमा नेपाली बजारमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७५ र चाँदी प्रतिऔंस २५ दशमलव ३२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया