वर्षको पहिलो प्रि-ओपनिङ्गमा हरियाली, नेप्से ७ अंकले बढ्यो

0
Shares

नयाँ वर्ष २०७९ सालको पहिलो दिन बैशाख ४ गते आइतबार प्रि ओपनिङ्ग सेसनमा उत्साहपूर्ण सुरुवात गरेको छ । नेप्से ७.१० अंकले बढेर बजारमा हरियाली छाएको हो ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १० कम्पनी मध्ये ७ वटै कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा १० कम्पनी १ हजार १४८ कित्ता सेयर ४ लाख १९ हजार १४५ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ७.१० अंकले बढेसँगै सूचक २ हजार ४२२ दशमलव ३४ बिन्दुमा पुगेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।