कम मूल्यमा सबै नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने टेलिकमको स्प्रिङ अफर

0
Shares

नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै स्प्रिङ अफर ल्याएको छ ।

स्प्रिङ अफर अन्तर्गत ग्राहकहरुले नेपाल टेलिकमबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्नको लागि अल नेट भ्वाइस प्याक लिन सक्ने छन् ।

अल टाइम अल नेट भ्वाइस प्याकमा रु५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरिएको छ । अबदेखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत नेपाल टेलिकमभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने छ । यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० र १००० वटा अल नेट सन्देश पठाउन सकिने छ ।

सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । यसैगरी ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरुको मूल्य कम गरिएको छ ।

नेपाल टेलिकमको नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध गराइएको छ ।

यो अफर २०७९ बैशाख ५ गते देखि उपलब्ध हुनेछ । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एसट्रीक १४१५ ह्यासट्याग डायल गर्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।