काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानी पाइपलाइनमा क्षति नपुग्ने गरी सडक तथा ढल मर्मत एवम् विस्तार, विद्युत तथा टेलिफोन लाइन भूमिगत लगायतका कार्य गर्न सम्बद्ध निकायहरू (तेस्रो पक्ष) सँग आग्रह गरेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले सडक विभाग, नेपाल विद्युत प्राधिकरण, चक्रपथ विस्तार आयोजना, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महागरपालिका, ललितपुर महानगरपालिका, चःमति जग्गा एकीकरण आयोजना र सम्बद्ध अन्य संघ संस्थाहरूसँग त्यस्तो आग्रह गरेको हो ।
साथै, खानेपानी पाइपलाइन विच्छ्याइएका क्षेत्रमा सडक तथा ढल निर्माण एवम् मर्मत र भूमिगत विद्युत लाइनसम्बन्धी कार्य शुरू गर्नुभन्दा अगाडि आयोजना कार्यान्वयन निर्देशनालयसँग आवश्यक समन्वय गर्न र एउटै ट्रेन्च तथा एउटै लेबलमा पाइप र पावरलाइन तथा अन्य संरचना नराखिदिन समेत सम्बद्ध निकायहरूसँग आग्रह गरिएको छ ।
खानेपानी पाइपलाइन विच्छ्याउनुभन्दा अगाडि भएका सहमति र सम्झौता विपरित ती निकायहरूले आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय नगरी सडक तथा ढल मर्मत एवम् विस्तार र विद्युत लाइन भूमिगत लगायतका कार्य गर्दा हालसम्म करिव २७ करोड ४७ लाख बराबरका खानेपानी पाइपलाइनमा क्षति भएको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया