सनराइज बैंक र लुम्बिनी विकास बैंक बिच सहकार्यको लागी सम्झौता

0
Shares

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंक बिच पोइन्ट अफ सेल पोस सेवाका लागी सहकार्य भएको छ ।

सनराइज बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोह बिच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

यस सँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क पोस तथा क्यूआर, १५९ एटिएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

भिषाको प्रमुख सदस्य समेत रहेको सन्राइज बैंकले हामी सँगसँगै भन्ने मुल नाराका साथ अगाडि बढ्दै आफ्ना सदस्य बैंकहरुलाई सहज र सरल ढँगले डिजिटल भुक्तानीका सेवा सुबिधाहरु ल्याउनको लागी सदैव अग्रगामी भूमिका निभाउँदै आएको छ । बैंकले यसअघि पनि नेपालमै पहिलो पटक सहकारी सँस्थाका सदस्यहरुका लागि भिषा कार्ड सेवाको सुरुवात समेत गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।