तीन कम्पनीको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत

0
Shares

तीन कम्पनीको बोनस सेयर बैशाख ४ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर आज सूचीकृत भएको हो ।

स्टकका अनुसार छिमेक लघुवित्तको २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता सेयर, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस बापतको २ लाख ५ हजार ९५५ कित्ता र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७.७० प्रतिशत बोनस बापतको ६ लाख ८५ हजार ४०१ कित्ता सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धीत कम्पनीके बुकक्लोज मितिसम्म कायम रहेका सेयरधनीहरुले आफ्नो डिम्याट खातामा बोनस सेयर जम्मा भएपछि सेयरधनीहरुको दोश्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  १९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।