आईओसीले पठाएको सूचीमा पेट्रोलको भाउ घट्यो, डिजेल र हवाई इन्धनको भाउ भने सामान्य बढ्यो

0
Shares

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

हरेक १५/१५ दिनमा मूल्य हेरफेर गर्दै आएको आईओसीले नेपाल आयल निगमलाई अप्रिल १६ मा पठाएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलको भाउमा प्रतिलिटर ४.७९ रुपैयाँ घटेको छ ।

नेपाल आयल निगमलाई पठाइएको नयाँ मूल्यसूची अनुसार डिजेल र हवाई इन्धनको भाउ भने केही बढेको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर २.०२ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ०. ३८ पैसा बढेको छ ।

नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ३ अर्ब ७३ करोड नोक्सान छ ।

नेपाल आयल निगमले पछिल्लो समय नेपालमा पेट्रोलको भाउ प्रतिलिटर १६० रूपैयाँ, डिजेल र मट्टीतेल समान १४३ रुपैयाँ, हवाइ इन्धनको भाउ प्रतिलिटर १५६ रुपैयाँ, हवाइ इन्धन अन्तराष्ट्रिय प्रतिकिलोलिट १ हजार ५४५ अमेरिकी डलर र एलपी ग्याँसको भाउ प्रतिसिलिन्डर १ हजार ६०० रूपैयाँ तोकेको छ । पछिल्लो पटक आयल निगमले चैत २२ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार  १९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।