महालक्ष्मी विकास बैंकको नाफामा छलाङ, ९ महिनाको नाफा साढे ७१ करोड

0
Shares

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी २३.७४ रुपैयाँ कायम गरेको छ ।

गत आवको चैत मसान्तको तुलनामा चालु आवको यसै अवधिमा २० प्रतिशतले चुक्ता पूँजी बढाएको यस विकास बैंकको समीक्षा अवधिमा ७.६४ रुपैयाँले इपिएस बढेको हो ।

बोधराज देवकोटा सीईओ रहेको बैंकले समीक्षा अवधिमा कर्जा लगानी साढे २६ प्रतिशतले बढाउँदै ३८ अर्ब ८ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब १६ प्रतिशत तथा अन्य सञ्चालन आम्दानी ११० प्रतिशतले बढेको छ ।

गत आवको तुलनामा इम्पेरिमेन्ट चार्ज ९९ प्रतिशतले घटेपछि बैंकको खुद नाफामा आकर्षक सुधार आएको हो ।

चुक्ता पूँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७५ करोड ९६ लाख ११ हजार रुपैयाँ र सेयरधनी कोषमा ४८ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ४१ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले खुद ब्याज आम्दानी १५.६४ प्रतिशतले बढाएर १ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा ८०.२५ प्रतिशतले बढेर १ अर्ब ९८ लाख रुपैयाँ रहेको छ ।

बैंकको अघिल्लो आवमा इम्पेरिमेन्ट चार्ज २७ करोड ३२ लाख ४८ हजार रुपैयाँ रहेकोमा ९९.४२ प्रतिशत घटेर १५ लाख ७९ हजार रुपैयाँमा झरेको छ ।

वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात २.८९ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५६.०४ रुपैयाँ, कस्ट अफ फण्ड ८.२० प्रतिशत, आधार दर १०.२५ प्रतिशत, कर्जा निक्षेप अनुपात ८९.९८ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.२७ प्रतिशत र स्प्रेडदर ४.११ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार  ०९ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।