सगरमाथा इन्स्योरेन्सको लाभांश पारित गर्न वैशाख २८ गते साधारण सभा

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश पारित गर्न वैशाख २८ गते साधारण सभा गर्ने भएको छ ।

कम्पनीको वैशाख ५ गते सोमबार बसको सञ्चालक समितिको बैठकले वैशाख २८ गते कम्पनीको २५ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि नै चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो लाभांश वितरणका लागि बीमा समितिले स्वीकृति दिएपछि साधारण सभा बोलाएको हो । कम्पनीले मंगलबार जारी गरेको सूचनामा साधारण सभा प्रयोजनका लागि बुक् क्लोजको मिति भने उल्लेख गरिएको छैन ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले लाभांश पाउनेछन् ।

कम्पनीको २०७६।७७ मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । समीक्षा अवधिमा कम्पनीको लाभांश १० प्रतिशतले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।