
पहेँलो धातु सुनको भाउ नेपाली बजारमा मंगलबार तोलामा ४०० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुनको भाउ ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनको भाउ पनि ४०० रुपैयाँले घटेर १ लाख १ हजार ६०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ भने आज यथावत रहँदै मंगलबार तोलाको १ हजार ४२० रुपैयाँमा नै कारोबार भैरहेको छ ।
सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ, तेजावी सुनको १ लाख २ हजार रुपैयाँ र चाँदी तोलाको चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । सुन सोमबार तोलामा ५०० ले र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७४ र चाँदी प्रतिऔंस २५ दशमलव ७७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया