
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सर्वोच्च अदालतमा सुनुवाइ सुरू हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आजदेखि सुनुवाइ हुन लागेको हो ।
आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए । सोमबार रिट दर्ता भई मंगलबारका लागि पेसी तोकिएको छ ।
गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट चैत २५ गते उनलाई सरकारले निलम्बन गरेको पत्र थमाएको थियो ।
सरकारले आफूलाई गरेको निलम्बन कानुन विपरीत भएको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर अधिकारीले रिट दायर गरेका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया