सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्षमा कँडेल निर्वाचित

0
Shares

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् । कँडेल यसअघि महासचिव रहेका थिए ।

सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र व्यवसायी लक्ष्मण कँडेल सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी बनेका हुन् । नेपाली कांग्रेस संस्थापन समूह, नेकपा माओवादी, नेकपा एस, जसपा, राप्रपालगायतका दलहरुले सर्मथन गरेका हर्षविक्रम खड्कालाई नेकपा एमाले, कांग्रेसको संस्थापनइतर समूह र नेमकिपाको गठबन्धनले पराजित गरेको हो ।

कूल खसेको १ हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गरे । सङ्घमा कँडेल निवर्तमान महासचिव र खड्का वरिष्ठ उपाध्यक्ष थिए ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत विजयी भएका छन् ।

त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भएका छन् ।

सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा, अजय गुरुङ, अर्जुनजङ्ग शाही, गणेश खड्का, दीपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री, सागर भुसाल, जनक थापा र सन्तोषकुमार बराइली निर्वाचित भएका छन् । सङ्घमा नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत ९४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् ।

वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजित हुँदा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी भए । उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन् । महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका हुन् ।

महिला उपाध्यक्षका उम्मेदवार कृष्णाकुमारी थापाले ८२१, महासचिवका उम्मेदवार रामप्रसाद जैसीले ८६५, उपमहासचिवका उम्मेदवार पूर्णदेव अधिकारीले ८१२, कोषाध्यक्षका उम्मेदवार राजेन्द्रबहादुर शाहीले ७६५ र सहकोषाध्यक्ष पदका उम्मेदवार भिमप्रसाद पौडेलले ८३२ मत ल्याएर पराजित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।