.jpg)
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति मागेका छन् ।
पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अभियान लघुवित्तले चैत ३० गते तथा आत्मनिर्भर लघुवित्तले चैत २१ गते निवेदन दिएका हुन् ।
बोर्डका अनुसार अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता तथा लघुवित्तले २ लाख ३ हजार ३८० कित्ता आईपीओ गरी कुल ११ लाख ७८ हजार ३८० कित्ता सेयर बिक्रीको अनुमति मागेका हुन् ।
आत्मनिर्भर लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड तथा अभियान लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
दुबै लघुवित्त कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न अनुमति पाएपछि सेयर निष्कासन गर्नेछन् ।
अभियान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा र आत्मनिर्भर लघुवित्तको केन्द्रीय कार्यालय दाङको घोराहीमा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया