
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) ले आफुसँग रहेको अमेरिकी डलर वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै पुनर्बीमा कम्पनीको लगानीयोग्य अमेरिकी डलर वाणिज्य बैंकहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गनुपर्ने भएकाले वाणिज्य बैंकहरुलाई गोप्य शिलबन्दी पेश गर्न आह्वान गरेको छ ।
मुद्दती निक्षेपमा लगानी गर्न चाहने ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी अनलाईन माध्यमबाट शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।
बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको कोटेशन सम्बन्धी फाराम पुनर्बीमाको वेबसाइट मार्फत भरी ५ दिनभित्र कार्यालय समयमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् । प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया