मंगलबार उकालो लागेको नेप्सेले लय समात्न नसक्दा बुधबार बजार सूचक नेप्से पुनः ओरालो यात्रामा फर्किएको छ ।
लामो समयपछि मंगलबार १३ अंकले बढेको नेप्से सूचकमा बुधबार पुनः ३६.७३ अंकको गिरावट आएको हाे ।
सूचक १.५६ प्रतिशतले घटेर २३२०.५१ बिन्दुमा झरेको हो ।
आज ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेर ४४१.०८ बिन्दुमा झरेको छ । यसदिन २२८ कम्पनीका ३५ लाख ७० हजार १४ कित्ता सेयर ३२ हजार ५०६ पटकको खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँमा समेटिएको छ । मंगलबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
बुधबार जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सको लिमिटेडको सेयरमूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जाल्पा लघुवित्तको सेयरमूल्य ५८.२० रुपैयाँ बढेर ६४५.२० रुपैयाँ र ग्रीन भेन्चर्सको सेयरमूल्य २९.८० रुपैयाँ बढेर ३२८ रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्तको सेयरमूल्य ३ प्रतिशतले बढेको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक घटेको छ । जसमध्ये फाइनान्स सर्वाधिक ३.८२ प्रतिशत र अन्य ३.०५ प्रतिशत घटेको छ । होटल तथा पर्यटन, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले एकैदिन ६०२ रुपैयाँले गुमाए, सेयरमूल्य २७१० रुपैयाँमा झर्याे
उता नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयरमूल्य ३०१.१० रुपैयाँ घटेर २७१० रुपैयाँ ३० पैसामा झरेको छ । हिमालयन उर्जा विकास कम्पनी, तेह्रथुम पावर र युनियन हाइड्रोपावर कम्पनीके सेयरमूल्य ६ प्रतिशत बढीले घट्दा राष्ट्र उत्थान लघुवित्त, गोर्खाज फाइनान्स, बुद्धभुमी हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपार, नेपाल फाइनान्स र सेन्ट्रल फाइनान्सको सेयरमूल्य पनि ५ प्रतिशत अधिक घटेको छ ।
१६ औं दिनसम्म लगातार बढेर सेयरमूल्य बढेर घटेपछि आज नेष्डो समृद्ध लघुवित्त कारोबार रकमका आधारमा पनि शीर्ष स्थानमा रहेको छ । लघुवित्तको १४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस दिन एनआईसी एशिया बैंकको ५ करोड २ लाख तथा सिद्धार्थ बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड बढीको सेयर काराबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया