
विसं २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ ।
पन्ध्र वर्षको अवधि पार गरिसक्दा बैंकले ग्राहक सेवा सँगै आफ्ना वित्तीय सूचकहरुमा समेत उत्कृष्ट सुधार गर्दै उत्कृष्ट दश बैंकको सूचीमा आफूलाई राख्न कोशिस गरेको छ । समीक्षा अवधिमा बैंकको वासलात तथा व्यवसायको आकारले समेत त्यसलाई पुष्टि गर्दछ ।
बैंकले हाल करिब १३ लाख ५५ हजार गा्रहक महानुभावहरुलाई वितिय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा कार्यालयम मार्फत अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा ग्राहकलाई उपलब्ध गराउँदै आइरहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो्र त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ४६ अर्व ६१ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको लगानीमा रहेको कर्जा १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । चालु आवको ९ महिना अवधिमा बैंकले १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गरेको छ ।
बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले “रतmदान नै जिवनदान” भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सातवटै प्रदेशका कूल २३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
साथै बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरी सम्मान गरेको छ ।
बैंकका सेयरधनीले तेस्रो वर्षदेखि लगातार लाभांश प्राप्त गरिरहेका छन् । आर्थिक वर्ष २०७१।७२ मा सवाृधिक २१ प्रतिशत लाभांश वितरण गरेको बैंकले २ आर्थिक वर्षमा सिंगल डिजिटमा लाभांश वितरण गरेको छ भने ९ आर्थिक वर्षमा डबल डिजिटमा लाभांश वितरण गरेको इतिहास छ ।
यस्तो छ बैंकको लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2077/2078 | 12.91 | 3.09 | 16.00 |
| 2 | 2076/2077 | 8.00 | 3.00 | 11.00 |
| 3 | 2075/2076 | 3.00 | 12.00 | 15.00 |
| 4 | 2074/2075 | 3.63 | 1.64 | 5.26 |
| 5 | 2073/2074 | 16.00 | 1.00 | 17.00 |
| 6 | 2072/2073 | 15.80 | 0.83 | 16.63 |
| 7 | 2071/2072 | 20.00 | 1.05 | 21.05 |
| 8 | 2070/2071 | 13.00 | 5.95 | 18.95 |
| 9 | 2069/2070 | 0.00 | 15.00 | 15.00 |
| 10 | 2068/2069 | 0.00 | 8.42 | 8.42 |
| 11 | 2067/2068 | 5.00 | 5.53 | 10.53 |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया