सेञ्चुरी बैंकको नयाँ शाखा जोरपाटी माकलवारीमा

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले २०७९ बैशाख ७ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राइूले माकलवारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । माकलवारी शाखा सञ्चालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

बैंकले २०७८ चैत्रमसान्तसम्ममा बैंकले खुद नाफा १८३.८९ प्रतिशत वृद्धि गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले पहिलो पटक खुद नाफा १ अर्ब कटाउन सफल भएको हो । यस अवधिमा ९२ अर्ब ९६ करोड निक्षेप संकलन तथा कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरेको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।