टप टेन रणनीति मार्फत सिटिजन्स बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छः सीईओ पोखरेल

0
Shares


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले “मिसन टप टेन रणनीति” मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताएका छन् ।

१५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको अवसरमा बोल्दै पोखरेलले भने, “मिसन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ । साथै आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुँचमा ल्याईनेछ ।”

सीईओ पोखरेलले बैंक भित्र डिजिटल संस्कृति अंगाल्नुको विकल्प छैन भन्नेमा मेरो दृढ विश्वास उल्लेख गर्दै ग्राहकहरुलाई धेरै च्यानलहरु मार्फत कहि पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य बैंकले लिएको उनले बताए । जसका लागि बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको उनले बताए । यसको कार्यान्वयन र सफलताका लागि जनता, प्रक्रिया र प्रविधिमा रणनीतिक काम गरिने उनजको भनाई थियो ।

आगामी दिनमा डिजिटल बैकिङ्ग सेवाको विकासमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने लक्ष्य बैंकले लिएको छ । बैकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहक महानुभावहरुको सहजताका लागि कार्ड लेस क्यास विथड्रल सेवाकोे सुरुवात गरेको छ । हालसालै मात्र बैंकले भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी.अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई.के.वाई.सी सेवा र नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा समेत सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजनसिंह भण्डारीले १५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हामीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएका छौं र त्यसलाई निरन्तरता दिनेछौं भन्ने कुरा स्वीकार गर्न पाउँदा मलाई असाध्यै खुशी लागेको छ । म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापन प्रक्रिया, संरचना र नीतिले हाम्रा मुल्य मान्यताहरुलार्इृ पछ्याउन अनुमति दिन्छ ।”

अध्यक्ष सिंहले बैंकले ग्राहकहरूको सेवा गर्नका निमित्त काम गर्ने बताउँदै आफ्ना मूल्य मान्यताहरुलाई गम्भीर रूपमा लिने सिद्धान्त अंगिकार गर्ने भएकाले बैंक जनताको विश्वास कायम राख्ने कुञ्जी भएको बताए । यो नै दीर्घकालीन सफलताको अभिन्न अंग रहेको उनको भनाई थियो ।

सिटिजन्स बैंकले ग्राहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको र हालै मात्र भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।