रियलमीको सबैभन्दा स्टाईलिश स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक

0
Shares

विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी ३५ सार्वजनिक गरेको छ ।

रियलमीले सधैँ झैँ विश्वभरका युवा वर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘डियर टू लिप’ अवधारणालाई जारी राखेको छ ।

रियलमी सी ३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र एफ/१.८ एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने फिचर छ । यसले ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी ३५ ले थप एफ।२.८ एपर्चर बी राखेको छ ।

एन्ट्री लेभल मा स्टाईलिश डिजाइन

सन् २०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिएको, रियलमी सी ३५ को ८.१ एमएम राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो ।

यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ ।

आफ्नो श्रेणीमा उत्कृष्ट

टियूभी रेन्ल्याण्ड हाई रिलायबलिटी सर्टिफिकेसन सिरीज अन्तर्गत रियलमी सी ३५ ले टियूभी स्मार्टफोन हाई रिलायबलिटी सर्टिफिकेसन र रियल क्वालिटी गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।

बीस हजार मूल्यमा स्मार्टफोन, मेगा ब्याट्री र एफएचडी डिस्प्लेको साथ उत्कृष्ट अनुभव

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य क्रमश (४ जीबी प्लस ६४ जीबी) को २० हजार ४९९ रुपैयाँ र (४ जीबी प्लस १२८ जीबी) को मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।

रियलमी सी ३५ मा सी सिरीज अन्तर्गतको ५ हजार एमएएच् ब्याट्री र १८वाट फास्ट चार्जको फाइदा लिन सकिन्छ । जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीज अन्तर्गत सी ३५ मा ६.६ ईन्च एफएचडी फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ ।

रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र एएलओटी बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।

सन् २०१८ मा “ डियर टू लिप” को नारा सहित ‘स्काइ ली’ ले स्थापना गर्नुभएका रियलमी विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । सन् २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एशिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।