सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमा आवेदन गर्ने म्याद कात्तिक ७ गतेसम्म थप

0
Shares

सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज फर्स्ट म्युचुअल फण्डमा सर्वसाधारणहरुबाट आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने समय लम्बिएको छ ।

फण्ड योजना व्यवस्थापक सनराईज क्यापिटलका अनुसार छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि कार्तिक ७ गतेसम्म आवेदन दिने समय लम्बिएको जनाएको छ । यसबीचमा निष्काशित सबै इकाई बिक्री भएमा भने बिक्री प्रबन्धकले सो समयअघि नै निष्काशन बन्द गर्न सक्नेछ।

असोज ८ देखि बिक्री खुला भएको ‘सनराइज फस्ट म्युचुअल फन्ड मा छोटो अवधिमा असोज १२ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

सनराइज क्यापिटलले असोज ८ गते बुधबारदेखि ’सनराइज फस्ट म्युचुअल फन्ड’ को एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई (युनिट) को बिक्री खुला गरेको छ ।

फन्डले कुल निष्काशन गरेको १० करोड इकाईमध्ये १५ प्रतिशत ९१ करोड ५० लाख० इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने सनराइज क्यापिटलले जनाएको छ ।

यो दश बर्षे बन्दमुखी योजना हो । यसका इकाई बिक्रीबाट संकलन भएको रकम योजनाले तोेकेका क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी लगानीकर्तालाई उच्च प्रतिफल दिई लगानी सुरक्षित गर्ने योजना व्यवस्थापकको दाबी छ ।
जसले बार्षिक २४.२९ प्रतिशत प्रतिफल र औषत बार्षिक १४ प्रतिशत लाभांश दिने दाबी गरेको छ ।

जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । प्रतिइकाईको मूल्य १० रुपैयाँ रहेको छ। लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ।

फन्डको व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुल फण्ड हो। कोष सुपरिवेक्षकमा चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि।ए। सुधिर कुमार शर्मा रहेका छन् ।