नेपाल बैंककै कर्मचारी बने प्रमूख कार्यकारी अधिकृत


सरकारी लगानी रहेको नेपाल बैंकको प्रमूख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियूक्त भएका छन् । बैंककै कामु प्रमूख कार्यकारीको रुपमा कार्यरत अधिकारीले खुला प्रतिस्पर्धाबाट आगामी ४ वर्षका लागि व्यवस्थापन प्रमूखको जिम्मेवारी पाएका हुन ।

यसभन्दा अघिका प्रमूख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहको कार्यकाल सकिएपछि बैंकले प्रमूख कार्यकारीको खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको थियो ।

सो पदका लागि १४ जना आवेदकले आवेदन दिएका थियो । ती आवेदक मध्येवाट अन्तिम छनौटमा परेका ४ जना मध्येमा अधिकारी पनि थिए । अन्तिम छनोट उनी संगै पुष्पराज भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी थिए ।

अन्तिम छनोटका ४ मध्ये शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई आगामी चार वर्षका लागि प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनले ६ महिनादेखि बैंकको नेतृत्व गर्दै आएका थिए ।

२०६१ देखि सहायक प्रबन्धक तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारी त्रिभुवन विश्वविद्यालयबाट व्यवसायिक प्रशासनमा स्नाकोत्तर हासिल गरेको छन । उनले पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए समेत गरेका छन ।