भन्सार विभागले २०७८/७९ नौ महिनाको आयात निर्यातको तथ्यांक सार्वजनिक गरेको छ । देशभर सञ्चालनमा रहेका दुई दर्जन भन्सार नाकाहरुमा निर्यात भन्दा आयात बढी छ । नेपालमा आवश्यक पर्ने सबै सामानहरु बाहिरी मुलुकबाट आयात हुने भएकाले हरेक बर्ष निर्यात भन्दा आयात बढी हुँदै अएको छ ।
अघिल्लो बर्ष २०७७/७८ नौ महिनाको अवधिमा बाहिरी मुलुकबाट कुल ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार बराबर रकमको वस्तु तथा सामान आयात गरेको थियो भने ९४ अर्ब ७६ करोड ७१ लख १० हजार बराबर रकमको वस्तु तथा सामान निर्यात गरेको थियो । सोही अवधिमा अहिले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपयाँ बराबरको समान आयात गरेको छ भने १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार बराबरको बस्तु तथा सामान निर्यात गरेकोे भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष ३ खर्ब ५५ अर्ब २६ करोड ६५ लाख ४४ हजार बराबर बढी रकमको वस्तु तथा सामान आयात भएको छ भने ६५ अर्ब ८० करोड ५८ लाख बराबर रकमको वस्तु तथा सामान निर्यात भएको विभागले जनाएको छ ।
नेपालको दुई दर्जन भन्सार नाकाहरुमा सबैभन्दा धेरै आयात निर्यात हुने भन्सार नाका हो वीरगञ्ज । भन्सार विभागका अनुसार सबैभन्दा धेरै सामानहरु आयात निर्यात वीरगञ्ज भन्सार नाकाबाट हुने गरेको छ ।
यस नाकाबाट गएको ९ महिनाको अवधिमा ५ खर्ब २१ अर्ब ७९ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ३५ दशमलव ५७ प्रतिशत हो । यस नाकाबाट सो अवधिमा कुल ६९ अर्ब ७० करोड ४९ लाख २ हजार रुपैयाँ बराबरको वस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको ४३ दशमलव ४१ प्रतिशत हो ।
त्यस्तैगरी वीरगञ्ज पछि सबैभन्दा धेरै वस्तु तथा सामान आयात निर्यात हुने नाकामा भैरहवा रहेको छ । यस नाकाबाट गएको ९ महिनाको अवधिमा २ खर्ब ३० अर्ब ९ करोड ८८ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १५ दशमलव ६९ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट ५ अर्ब ८३ करोड ६ लाख ६७ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको ३ दशमलव ६३ प्रतिशत हो ।
यस्तै वस्तु तथा सामान आयात निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो स्थानमा रहेको छ । यस नाकाबाट गएको ९ महिनाको अवधिमा १ खर्ब ७१ अर्ब ८१ करोड ९३ लाख ७४ हजार रुपैयाँ बराबर रकमको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११ दशमलव ७१ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट भने २३ अर्ब ९६ करोड १८ लाख ४ हजार रुपैयाँ बराबर रकमको सामान निर्यात भएको छ । यो कुल निर्यातको १४ दशमलव ९२ प्रतिशत हो ।
आयात निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल पछि ड्राईपोर्ट रहेको छ । यस भन्सार नाकाबाट गएको ९ महिनाको अवधिमा १ खर्ब ६६ अर्ब ९९ करोड ६७ लाख ५२ हजार रुपैया बराबर रकमको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११ दशमलव ३९ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट भने ३ अर्ब ३ करोड २ लाख ९७ हजार रुपैयाँ बराबर रकमको सामान निर्यात भएको छ । यो कुल निर्यातको १ दशमलव ८९ प्रतिशत हो ।
त्यसैगरी सबैभन्दा धेरै बस्तु तथा सामान आयात हुनेमा पाँचौ स्थानमा रहेको छ विराटनगर । यस भन्सार नाकाबाट गएको ९ महिनाको अवधिमा १ खर्ब ६५ अर्ब १७ करोड २७ लाख १० हजार रुपैया बराबर रकमको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११ दशमलब २६ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट भने ४५ अर्ब ४३ करोड ८४ लाख ४४ हजार रुपैयाँ बराबर रकमको सामान निर्यात भएको छ । यो कुल निर्यातको २८ दशमलव ३० प्रतिशत हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया