सन नेपाल लाइफले पूँजी वृद्धि गर्ने, चार जना संचालक चयन

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभाले कम्पनीको पूँजी वृद्धि, प्रबन्धपत्र र नियमावली संशोधनको विशेष प्रस्ताव पारित गरेको छ। साथै कम्पनीले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना संचालकहरु समेत चयन गरेको छ।

यहि वैशाख ९ गते शुक्रबार, हायात प्लेस, ताहाचल, काठमाडौमा संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित भएको छ ।

उक्त साधारण सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरु क्रमश: अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा निर्विरोध निर्वाचित भएका छन । आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षक सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशिल घिमिरे(एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पनि पारित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।