सुनको भाउ ६ सय रुपैयाँ घट्यो


आइतबार सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले घटेको छ । लगातार नेपाली बजारमा उच्च अङ्कले वढ्दै आएको सुनको मुल्य आइतबार भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ७० हजार २०० रुपैयाँ मा कारोबार भएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज भने प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ ले घटेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भएको छ ।