अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतलाई एक लाख ५० हजार घुस रकम सहित नियन्त्रणमा दिएको छ ।
महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग एक लाख ५० हजार घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका वडा नं। ४, कोप्चेबाट वैशाख ११ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया