सुनको भाउ एक लाख मुनी झर्यो, चाँदीको भाउ भने स्थीर

0
Shares

नेपाली बजारमा मंगलबार पहेँलो धातु सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि सस्तिँदै ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । चाँदी मंगलबार सोमबारकै भाउ अर्थात तोलाको १ हजार ३५० रुपैयाँमा नै कारोबार भएको छ । सुनको भाउ घटेपनि चाँदीको मूल्य भने यथावत रहेको हो ।

हिजो सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँ, तेजावी सुनको ९९ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १० रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँ कारोबार भएकाे थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९०४ र चाँदी प्रतिऔंस २३ दशमलव ८० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।