नेपाल फाइनान्सले तोक्यो हकप्रद निष्काशनका लागि बुकक्लोज

0
Shares

नेपाल फाइनान्स लिमिटेड (NFS) ले हकप्रद निष्काशन गर्न सेयर दाखिल खारेजी (बुकक्लोज) तोकेको छ ।

फाइनान्सले हाल कायम १० कित्ता बराबर नयाँ ७ कित्ता (१ बराबर ०.७०) अनुपातमा हकप्रद निष्काशन गर्न बैशाख २१ गते बुधबार बुकक्लोज मिति तोकेको हो ।

बुकक्लोज अनुसार बैशाख २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले फाइनान्सको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

फाइनान्सको २८ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

विसं २०७७ कार्तिक १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको फाइनान्सले चैत ८ गते मंगलबार हकप्रद जारी गर्न अनुमति पाएको थियो ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ पुगेको छ । ७० प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ ।

फाइनान्सले चालु आवको तेसे त्रैमाससम्ममा सबैभन्दा धेरै खुद नाफा वृद्धि गरेको छ । नेपाल फाइनान्सले गत चैतको तुलनामा सर्वाधिक ८१६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । फाइनान्सले चैत मसान्तसम्म ३ करोड २० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २०७७ चैतमा फाइनान्सले जम्मा ३४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल फाइनान्सको नाफा सर्वाधिक वृद्धि हुँदा बेष्ट फाइनान्सले कमायो सबैभन्दा धेरै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।