सुनको भाउ घटेर तोलाको ९९ हजारमा झर्यो, चाँदीको भाउ पनि सस्तिँदै

0
Shares

नेपाली बजारमा बैशाख १४ गते बुधबार पहेँलो धातु सुनको भाउ तोलामा घटेर ९९ हजार रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ३०० रुपैयाँले घटेको छ । यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ३०० रुपैयाँले सस्तिँदै ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३४० रुपैयाँमा नै कारोबार भएको छ । हिजो मंगलबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा नै कारोबार भएको थियो ।

हिजो मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९९ लाख ३०० रुपैयाँ, तेजावी सुनको ९८ हजार ८०० रुपैयाँ र चाँदी भाउ स्थीर रहेर तोलाको १ हजार ३५० रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८९९ र चाँदी प्रतिऔंस २३ दशमलव ५६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।