
सरकारले आगामी जेठदेखि लागु हुने गरि हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सोे निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन।
साथै सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।
विदेशी मुद्रा सञ्चिति घट्दो अवस्थामा रहेको र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो।
सरकारले यसअघि आफू मातहतका कार्यालयमा दिइने इन्धन २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो।
पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो । यो प्रावधान परीक्षणका रुपमा हुने कार्कीले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया