नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वर्गिकरण नतिजा पुनरावलाेकन हुँदा दुई कम्पनी थप भएका छन् । ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावर कम्पनी समुह ‘जेड’ बाट ‘ए’ मा स्तराेन्नति भएका हुन् ।
नेप्सेले यसअघि चैत ६ गते धितोपत्र सूचीकरण विनियमावली २०७५ को वर्गिकरणको सूची सार्वजनिक गर्दै उक्त वर्गिकरणमा पर्नु नपर्नेको कारण सहित ३५ दिनभित्र दाबी सहितको आवेदन माग गरिएको थियो ।
सोही अनुसार तोकिएको म्याद भित्र रित पूर्वक निवेदन पर्न आएका निम्न कम्पनीहरुको बैशाख १४ को निर्णयानुसार वर्गिकरण पूनरावलोकन गरि दुई कम्पनी थपिएका हुन् । यससँगै वर्ग ‘ए’ मा समेटिने कम्पनीको संख्या ३८ पुगेको छ ।
यसअघि ग्रुप ‘ए’ मा २५ वाणिज्य बैंक, चार विकास बैंक, दुई फाइनान्स, एक लघुवित्त, तीन हाइड्रोपावर र एक उत्पादनमुलक कम्पनी गरी कुल ३६ कम्पनी परेका थिए । हाल एक विकास बैंक र एक जलविद्युत कम्पनी थपिएसँगै ‘ए’ वर्गमा परेका कम्पनीकाे संख्या ३८ पुगेको हो ।
नयाँ वर्गिकरण सूची अनुसार बी र जी समूहमा भने पहिले जति नै रहेकाे छन् ।
बी समूहमा २ फाइनान्स, चार लघुवित्त कम्पनी, दुई हाइड्रोपावर कम्पनी र एक लगानी समुहको कम्पनी गरी ९ वटा कम्पनी परेका छन् ।जी समूहमा नेप्सेमा सूचीकृत भएको दुई वर्ष पूरा नभएको कम्पनीहरु गरी कुल ३६ वटा कम्पनी परेका छन् । जस अन्तर्गत ८ लघुवित्त, पाँच जीवन बीमा कम्पनी, तीन निर्जीवन बीमा कम्पनी, १४ वटा हाइड्रो पावर कम्पनी, एक होटल तथा टुरिजम, चार लगानी समुहका कम्पनी र एक अन्य समुहको कम्पनी समावेश भएको छ ।
सबैभन्दा धेरै ग्रुप जेडमा १४६ वटा कम्पनी समेटिएका छन् । जस अन्तर्गत एक वाणिज्य बैंक, ११ विकास बैंक, १६ फाइनान्स कम्पनी, ४० लघुवित्त कम्पनी, ७ जीवन बीमा कम्पनी, १५ निर्जीवन बीमा कम्पनी, २७ हाइड्रोपावर, एक लगानी समुहको कम्पनी, ४ व्यापार समुहका कम्पनी, १८ उत्पादनमुलक, होटल/टुरिजमका ४ कम्पनी र र २ अन्य समुहमा सूचीकृत कम्पनीहरु छन् । समुह जेड बाट ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावर ए मा स्तरोन्नति भएका हुन् ।
गत आर्थिक वर्षको साधारण सभा समयमा नै सम्पन्न गर्न नसकेपछि एनआईसी एशिया बैंक नेप्सेको सूचीकरण अनुसार सबैभन्दा खराब अर्थात जेड समुहमा पुगेको छ । यस्तै बीमा, जलविद्युत, विकास बैंक, फाइनान्स, लघुवित्त, उत्पादन, ब्यापार, होटल आदीमा सूचीकृत कम्पनीहरुको पनि धेरे जेड समुहकाे वर्गिकरणमा परेका छन् ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ को उपविनियम ८ बमोजिम सूचीकृत संगठित संस्थाको वर्गिकरण गर्ने गरेको छ । वर्गिकरण अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरिने गरिन्छ ।
यस्ताे थियाे चैत ६ गते सार्वजनिक वर्गिकरणकाे सूची
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया