मञ्जुश्री फाइनान्सको सीइओमा नारायण सुवेदी

0
Shares

मञ्जुश्री फाइनान्स लिमिटेड (MFFIL) को प्रमुख कार्यकारी अधिकृति (सीइओ) मा नारायण सुवेदी नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई नियुक्त गरेको हो ।

हाल कम्पनीमा सीइओ रहेका सन्तोष निरौलाको पदावधि वैशाख २१ गतेदेखि समाप्त हुने भएकोले फाइनान्सले सुवेदीलाई नयाँ सीईओ चयन गरेको हो ।

सञ्चालक समितिले सुवेदीलाई वैशाख २२ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षसम्म (२०८२ बैशाख २१ ग्तेसम्म) को लागि प्रमुख कार्यकारी अधिकृतमा चयन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।