सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थीर

0
Shares

नेपाली बजारमा बैशाख १६ गते शुक्रबार पहेँलो धातु सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ बढेर ९९ हजार रुपैयाँमा पुगेको छ । बिहीबार एक हजारले घटेको सुन शुक्रबार अघिल्लो दिन घटेकोभन्दा थप दुई सय रुपैैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको १ हजार २०० रुपैयाँले बढेर तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि १ हजार २०० रुपैयाँले नै बढेर ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

सुनको भाउ बढेपनि शुक्रबार चाँदीको भाउ भने स्थीर रहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा नै कारोबार भैरहेको छ । बिहीबार पनि चाँदी यहि भाउमा कारोबार भएको थियो ।

बिहीबार सुन तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन तोलाको ९८ हजार रुपैयाँ, तेजावी सुनको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर र १ हजार ३२० रुपैयाँमा नै कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९०८ र चाँदी प्रतिऔंस २३ दशमलव ३६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।