अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत सुनिलकुमार झा विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ।
झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनि सेवाग्राहीसँग ५ लाख घुस लिइसकेको अवस्थामा गत चैत्र २८ गते नियन्त्रणमा लिएको थियो ।
अयोगले पाँच लाख रुपैयाँ बिगो कायम गरी झा विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया