काबेलीलाई गाभेको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार खुल्यो

0
Shares

काबेली विकास बैंकलाई गाभेको सप्तकोशी डेभलपमेन्ट बैंकको सोमबारदेखि शेयर कारोबार खुला भएको छ । सप्तकोशी र काबेलीले गत असार २२ गते एकीकृत कारोबार गरेका थिए ।

मर्जरपछि सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट कारोबार खुलेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १४३ रुपैयाँलाई आधार मानेर कारोबार खुलेको नेप्सेले जनाएको छ । । नेप्सेले बैंकलाई ‘एसएपीडीबीएल’ कारोबार संकेत दिएको छ।

यी दुई बैंकबीच मर्जर सम्झौता भएसँगै गत माघ ६ गतेदेखि सेयर कारोबार रोकिएको थियो । काबेली र सप्तकोशीले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थान धनकुटा ७, धनकुटामा रहको छ । यस्तै, कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलप्मेन्ट बैंकको कर्पोरेट कार्यालय रहेको स्थान विराटनगर महानगरपालिका–७, मोरङमा रहने छ ।