
नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृह मन्त्रालयमा सोमबार बिहान आयोजित एक कार्यक्रमका बीच गृहसचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका सिंह र सशस्त्रका अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेको हुन् ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसीले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकाश पाएका थिए । रिक्त पदमा सिंह र अर्याललाई सरकारले बढुवा गरेको हो ।
अवकाशमा गएका प्रहरीका थापा क्षेत्री र सशस्त्र आईजीपी केसीलाई आइतबारै मन्त्रालयमा गृहमन्त्री खाँणले बिदाइ गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया