सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन २०० रुपैयाँले घटेर ९९ हजारमा कारोबार भएको सुन सोमबार थप ८०० रुपैयाँले ओरालो लागेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ ।
यसको मूल्य अघिल्लो दिन आइतबार छापावाल सुन ९९ हजार र तेजावी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ तोकिएको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८८४ डलर आसपास कारोबार भइरहेको छ । यस्तै सोमबार चाँदीको भाउ प्रतिऔंस २२.६२ डलर आसपासमा कारोबार भैरहेको छ ।
-यसअघि प्रकाशित यसै समाचारमा सुनको भाउ घटेको हुन गएकोमा क्षमाप्रार्थि छौं -सं
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया