
नेपाली बजारमा बैशाख २० गते मंगलबार पहेँलो धातु सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर ९७ हजार २०० रुपैयाँमा झरेको छ ।
सोमबार तोलामा ८०० रुपैयाँले घटेको सुन मंगलबार अघिल्लो दिनको तुलनामा थप एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले घटेर ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थीर रहेको छ । मंगलबार चाँदी तोलाको १ हजार २९० रुपैयाँमा नै कारोबार भैरहेको छ । सोमबार पनि चाँदी यहि भाउमा कारोबार भएको थियो ।
सोमबार सुन तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन तोलाको ९८ हजार २०० रुपैयाँ, तेजावी सुनको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर र १ हजार २९० रुपैयाँमा नै कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५९ र चाँदी प्रतिऔंस २२ दशमलव ६० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया