नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

0
Shares

नेपाल उद्योग परिसङ्घ (सिएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन । सिएनआईको पदाधिकारी समितिको २७औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जोशी पर्यटन क्षेत्रको प्रवद्र्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील छन।

नवनियुक्त महाप्रबन्धक जोशीलाई सिएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुरूप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । महाप्रबन्धक जोशीले अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको पर्यटनका विविध क्षेत्रमध्ये आर्थिक पक्षबाट पनि सकारात्मक भूमिका खेल्न सकिन्छ भन्ने विश्वासका साथ नेतृत्वमा आएको बताए ।

उनले भने, “पर्यटन बोर्ड पनि सार्वजनिक निजी साझेदारी अवधारणा भएको संस्थाको नेतृत्व लिएको थिएँ । सिएनआई पनि निजी क्षेत्रको छाता संस्था भएकाले अरु बृहत् आर्थिक क्षेत्रका बारेमा थाहा हुने र यसबाट सार्वजनिक र निजी क्षेत्रको साझेदारीलाई प्रभावकारी बनाउने भूमिकामा केन्द्रित हुन्छ ।”

महाप्रबन्धक जोशीले सरकारी क्षेत्रलाई कार्यान्वयन गर्ने र निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी समन्वयात्मक ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।